विदेश घुम्न जाने नेपालीकाे लागि नयाँ उपाए

सरकारले पर्यटक भिसामा विदेश जाने नेपालीलाई दिइने अनुमतिसम्बन्धी नयाँ व्यवस्था गरेपछि कतिपयले त्यसको आलोचना गरिरहेका छन्।

यद्यपि उक्त व्यवस्था कार्यान्वयनमा आउन अझै केही समय लाग्ने सरकारी भनाइ छ।

अधिकारीहरूका भनाइमा “नयाँ प्रावधान लागु गर्न कतिपय प्रक्रियागत, प्राविधिक र नीतिगत” काम गर्न बाँकी रहेको छ।आलोचना गर्नेहरूले चाहिँ नयाँ व्यवस्थामा समेटिएका केही प्रावधानले नेपाली नागरिकलाई पर्यटकका रूपमा विदेश भ्रमणमै निरुत्साहित गर्न खोजेको भनेका छन्।  अध्यागमन विभागले मङ्गलवार “पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि-२०७९” आफ्नो वेबसाइटमा राख्दै त्यसबारे जानकारी दिएको छ।

यही भदौ १ गते गृह मन्त्रालयले विभागलाई पठाएको कार्यविधिलाई उसले आफ्नो वेबसाइटमा राखेको हो। गृह मन्त्रालयले विभागलाई पठाएको पत्रअनुसार उक्त कार्यविधिलाई मन्त्रिपरिषद्‌ले गत साउन ३० गते स्वीकृत गरेको थियो।

मन्त्रालयले उक्त कार्यविधिअनुसार पर्यटक भिसासम्बन्धी कार्य गर्न विभागलाई भनेको छ। विभागका निर्देशक एवम् सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार उक्त कार्यविधि स्वीकृत भएको मितिले ६० दिनमा लागु हुनेछ।

उनले भने, “यो नयाँ कार्यविधि आगामी असोज ३० गतेदेखि लागु हुनेछ। त्यसअघि पुरानै प्रक्रिया अनुसार कार्य जारी रहन्छ।”

पर्यटक भिसामा अनुमति पाउनेको वर्गीकरण

उक्त कार्यविधिले पर्यटक भिसामा विदेश जान चाहनेहरूलाई १६ समूहमा वर्गीकरण गरेको छ। त्यसरी गरिएको वर्गीकरणका आधारमा केही समूहमा पर्ने व्यक्तिहरूलाई खुकुलो खालको र केही समूहमा पर्ने व्यक्तिका लागि अलि कडा खालका प्रावधानहरू राखिएको छ।

सरकारी कामको सिलसिलामा विदेश जाने सरकारी तथा अर्ध सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, निजामती कर्मचारी, नागरिक समाजका व्यक्तिहरू, गैरसरकारी संस्थाका प्रतिनिधि, नियमित यात्रा गर्ने व्यक्ति, सञ्चारकर्मीलगायतको समूहलाई कतिपय प्रावधानहरू अनिवार्य लागु नहुने व्यवस्था त्यसमा छ।

तर पर्यटकका रूपमा घुम्न जाने आम व्यक्तिहरूका लागि भने आय तथा अनुमतिसम्बन्धी केही कडा प्रावधानहरू राखिएको कार्यविधिमा देखिन्छ।

उक्त कार्यविधिमा “पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले पेस गर्नुपर्ने कागजातहरू”मा राखिएका कुराहरू यस्ता छन्:

  • परिवारका सदस्यहरूबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात
  • कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ ब्याङ्क मौज्दात रहेको स्टेटमेन्ट
  • आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण
  • दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण।
  • वार्षिक आम्दानी, कर तिरेको प्रमाण र ब्याङ्क मौज्दात परिवारका सदस्यमध्ये कुनै एक वा एकभन्दा बढीको भए पनि हुने
  • परिवारका सदस्य सञ्चालक रहेको संस्था/कम्पनीको
  • आम्दानी, कर प्रणालीमा आबद्धता र ब्याङ्क मौज्दातलाई समेत लिन सकिने

विभागको अनुमति लिनुपर्ने

उक्त कार्यविधिका अनुसार त्यसले तोकेको मुलुकमा पर्यटक भिसामा भ्रमण गर्नका लागि हवाई टिकट लिनुपूर्व विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

“पर्यटक भिसामा विदेश भ्रमणमा जान चाहने नेपाली नागरिकहरूले सोको स्वीकृतिका लागि विभागको अनलाइन प्रणालीमार्फत् कम्तीमा सात दिन अगाडि निवेदन दिनुपर्नेछ,” त्यसमा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button