जलहरी काण्डमा मुछिएका ओलीले पापको प्रायश्चित गर्न पशुपतिनाथमा क्षमापुजा गर्दै

काठमाडौं । पशुपतिमा सुनको जलहरी राख्दा सुन हिनामिना गरको आरोप लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुभपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै छन ।

तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुगेकोछ।

ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । सुन हिनामिना भएको विषयमा छानविन भइरहेको छ ।

त्यसको प्रायश्चितका लागि ओलीले क्षमा पूजा गर्न लागेको बुझिएको छ । ओलीले निजी खर्चमा विशेष पूजा गर्न लागेको हो ।

तिथि अनुसार आजबाट साउनको सोमबार परेकाले पशुपतिनाथ मन्दिरमा अन्य भक्तजनहरुको पनि घुँइचो लागेको छ । उज्यालो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button