यात्रुबाहक बसले एम्बुलेन्स र स्कुटरलाई दिए ठक्कर एकको मृत्यु, तीन घाइते

पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा. प्र. ०६००१ ख ०१९६ नम्बरको बसले पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– २, भृकुटीचोकमा सोही दिशातर्फ जाँदै गरेको ना. ३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग. १च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्ससँग ठोक्किएको थियो।

मृत्यु हुनेमा नवलपुरको मध्यविन्दु नगरपालिका– १२ का ७५ वर्षीय मानबहादुर कुमाल छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

दुर्घटनामा परी स्कुटरचालक गैँडाकोट– ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मध्यविन्दु– १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका हुन्।

घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। स्कुटरचालक भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button