उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति।

१५ फागुन २०७७ , उपप्रधानमन्त्री ईश्वर पोखरेललकाे प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति दिए।
पार्टीको दस्तावेज र नीतिविपरीत पोखरेलले कांग्रेसलाई दुश्मन भन्नुभएको हो । उहाँका अनुसार कांग्रेस बैरी पार्टी हो ।
काठमाडौंमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम ओली समूहका नेता ईश्वर पोखरेलले प्रचण्ड नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको हो ।
कांग्रेस बैरी पार्टी भएको र त्यस्तो पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्नु गलत भएको पोखरेलको तर्क छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेको पृष्ठभूमिमा पोखरेलको प्रतिक्रिया आएको हाे।




