चितवनमा हिमालय आशा केन्द्रद्वारा सिलाई कटाई तालिमको समुद्घाटन कार्यक्रम सम्पन्न

चितवनमा हिमालयन आशा केन्द्रद्वारा सञ्चालित सिलाई कटाई तालिमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर १६ को ख्रिष्टयन प्रार्थना सञ्जालको आयोजनामा सञ्चालित उक्त कार्यक्रम साेमबार बिहान नवीन चाेक स्थित सम्पन्न भएको हाे।

कार्यक्रमको सभापति यसै संस्थाको अध्यक्ष देवेन्द्र जोशी हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का कार्यपालिका सदस्य मिनबहादुर लामा हुनुहुन्थ्यो। यसैगरी, विशिष्ट अतिथिहरूमा ख्रिष्टियन प्रार्थना सञ्जालका संयोजक सुमन लुङ्गेली, भरतपुर ख्रिष्टिय समाजका सचिव राजु परियार, नवीनचोक टोल विकास समितिका अध्यक्ष ऋषिराज खनाल, हिमालयन आशा केन्द्रका पूर्व अध्यक्ष नर लामा, सचिव जीवराज तामाङ, सल्लाहकार दिनेश केसी र अतिथिहरूमा ख्रिष्टिय प्रार्थना सञ्जालका कमिटी सदस्यहरू प्रकाश सुनार, छकलाल मगर, टीका रसाइली, टेक बि.क र सिलाई कटाई तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुकाे सहभागिता रहेको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा भरतपुर वडा नम्बर १६ का कार्यपालिका सदस्य मिनबहादुर लामाले ‘सहभागीहरूलाई लगातार रूपमा राम्रोसँग तालिम सम्पन्न गर्न र स्वावलम्बी बन्नको निम्ति उत्साह दिँदै तालिममा आवश्यक परेका कुराहरु वडामा जानकारी गराउन सुझाए ।

त्यस्तै, हिमालय आशा केन्द्रका पूर्व अध्यक्ष नर लामाले ‘आफूहरू करिब २५ वर्षअघिदेखि समाजमा पिछडिएका बालबालिका तथा महिलाहरूलाई सशक्तिकरण गर्ने सुकर्ममा लागि परेको र यस कार्यक्रमद्वारा पनि सहभागीहरूको जीवनमा टेवा पुर्यान मदत मिल्ने आशा राखेको बताए’।

फाेटाे फिचर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button