पुलिसराम थारुलई टपक्क टिपेर लाने बाघलाई काठमाडौ लाने तयारि।

चैत्र २२,२०७७ बर्दिया, बिगत लामो समय देखि बर्दिया राष्ट्रिय निकुञ्जमा अस्थायी रुपमा हात्तीको माउते पेशा गर्दै आएका पुलिसराम थारुलाई बाघले खाएको हो।
३१ बर्षीय पुलिसराम बर्दिया ठाकुरबाबा नगरपालिका ९ बुटकौवाको हुन्।
चैत्र २२ गते दिउँसो हात्ति चराउन जाने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको भित्र गैडा बचान भन्ने ठाउंंमा अर्को सााथी आफ्नो हात्तिलाई नुहाईदिरहेको ढिकमा बसि हेरिरहेकाे समयमा बाघले टिपेेेर घना जंगल तिर लगे।
२२ गते सांझ निकुञ्जको सुरक्षा कर्मीहरु र स्थानीयको सहयोगमा घटना स्थल वरिपरी खोजी कार्य गर्दा पुलिसराम को मृत शरीर छेदविछद रुपमा भेटिनुका साथै दुई सय मिटर टाढा बाघ पनि भेटिएको हाे।
बाघ भेटिने बित्तिकै सुरक्षाकर्मीले डाटहाने बाघ दुई सय मिटर टाढा गई बेहाेस भएपछि पक्रेर निकुञ्ज राखेका छन्। अहिले बाघलाई काठमाडौं चिडियाखाना लाने तयारी गर्दैछन् ।





