हेर र सिक, चितवनमा कोरोना संग लड्न चाल्यो बुद्धिमानी कदम।

चितवनमा अत्यावश्यक सेवा वाहेकका अरु सेवा कार्यालयहरू सूचना जारी गर्दै धमाधम बन्द गर्दैछन । नयाँ भेरिएन्ट सहितको कोभिड-१९ संक्रमणदर तीव्र रुपमा बढ्न थालेपछि सेवा दिने कार्यलयहरु बन्द गर्न थालिएको हो ।
भरतपुर अस्पतालले १५ गते नै सुचना जारी गरि १७ गते देखि ओपिडी सेवा बन्द हुने जानकारी गराएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीको संयोजकत्वमा बिभागीय प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
भरतपुर अस्पतालमा कोभिड -१९ संक्रमित बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद ब्यवस्थापन इकाई र स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (HEOC) को च.न. १५३३ मिति २०७८/०१/१४ को पत्रबाट भएको निर्देशन अनुसार अस्पतालमा १७ गते देखि लागू हुने गरि अर्को व्यवस्था नहुँदा सम्मका लागि ओपिडी सेवा, ईलेक्टिभ सरजरी, ईएचएस हाललाई बन्द गर्ने, अस्पतालमा २४ सै घण्टा इमेर्जेन्सी सेवा सुचारु राख्ने र ज्वरो आएका विरामीहरुका लागि अस्पतालमा फिवर क्लिनिक सुचारु रहनेछ ।
त्यसैगरि बैशाख ३१ गतेसम्मको लागि अतिआवश्यक काम वाहेक नागरिकता प्रमाणपत्र दिने, राहादानी बनाउने लगायत कामकुराहरु बन्द रहने बताइएको छ ।
त्यस्तै, गृहमन्त्रालयको च.न.३११६ २०७८/०१/१५ गते प्राप्त पत्रमा निषेधाज्ञा जारी भएका जिल्लाहरुबाट कुनैपनी आन्तरिक बाह्य सवारी पास नदिन आदेश बमोजिम चितवन जिल्ला प्रशासनबाट सवारी पास नदिने प्रशासकिय अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ।




