कसकाे अनुमतिमा बस चल्याे? दाउन्नेमा बस दुर्घटना, ४ काे मृत्यु ४९ घाइते।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज भएको यात्रुबस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन ।बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।
काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानि खोलाबाट सडक देखि डेढ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक राजु लामाले बताए । उक्त घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
४९ जना घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको हो । बस चालक घाईते भएर पनि भागेको भए पनि प्रहरीले उनलाई पक्राउ गरि अस्पताल पुर्याएको छ ।
निषेधाज्ञामा पनि यात्रु बोकेर बस कसरी हिड्यो भन्ने विषयमा थप आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको हो ।




