सुर्य थापा भन्छन्, प्रधानमन्त्रीले पद त्यागिसक्नु भो त्यती पनि नबुझ्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत नलिएर फरक बाटो अपनाएको भन्दै अहिले आलोचना भइरहेको छ । विश्वासको मत नलिएरै सबै भन्दा ठुलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र फेरी विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान भएपनि ओलीले त्यसो गरेनन् ।
प्रधानमन्त्रीवाट राजीनामा नदिईकन एकैचोटि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका कारण उनको आलोचना भएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘मार्गप्रशस्त’ भनेकै पद त्याग गरेको बुझ्न आग्रह गरेका छन्।
सरकार गठनका लागि दिइएको समयसीमा (अपराह्न ५ बजे) नजिँकिँदै गर्दा सल्लाहकार थापाले प्रधानमन्त्रीले पद त्याग गरिसकेको दाबी गरेका हुन्।
‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू,’ शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६ (५)बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त ! ’अगाडि व्यंग्य गर्दै थापाले भनेका छन्,




