भारत इंगित बाबुरामको टिप्पणी-‘हामी सबैका मित्र हौं, कसैका दास होइनौं’

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पार्टीका नेताहरुलाई संविधान पूरै खाली गर्ने शक्तिका मतियार बन्न नहुने सुझाव दिएका छन् । उनले नेपालको संविधान आधा भरी आधा खाली गिलास भन्दै आफूहरु पूरै भर्न हिँडेको उल्लेख गर्दै अहिले पूरै खाली गर्ने शक्तिको मतियार बन्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेको छन्-“जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!”

पार्टीभित्रको आन्तरिक विवाद चुलिएको अवस्थामा डा. भट्टराईको यस्तो भनाई आएको हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन राजनीतिक र कानूनी लडाईँमा छ । तर, जसपामा भने अध्यक्ष उपेन्द्र यादव र नेता भट्टराई समूहमात्रै विपक्षी गठबन्धनमा सहभागी छ । अर्का अध्यक्ष महन्थ ठाकुर भने प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button