२ सय १८ किलो गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ

बारा, १३ जेठ । २ सय १८ किलो अवैध लागूऔषध गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका–८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी रहेका छन् ।

काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button