कामको आधारमा ९० प्रतिशत कर छुट।

सरकारले आगामी वर्ष कारोबारका आधारमा करदातालाई आयकरमा छुट दिने भएको छ । जसअनुसार आर्थिक वर्ष २०७८/७८ मा कुल आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतसम्म कर छुट पाउने भएका छन् ।

यस्तै, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रका होटेल, ट्रेकिङ क्षेत्रमा म यातायात, हवाइ क्षेत्र, चलचित्र तथा सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्ने भएको छ । व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि १० वर्षथप गरिएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कटौती गर्न पाइनेअर्थमन्त्री विष्ण पौडेलले बताएका छन् ।

कोभिड १९ को उपचारसाग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामाग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न पाइने भएको छ। निवृतिभरण वापतको करयोग्य आयमा गणना गर्दा थप २५ प्रतिशत रकम छुट पाइने मन्त्री पौडेलले बताए ।

विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पूरै खारेज गरी भन्सार महसुल समेत घटेको छ । इन्डक्सन चुल्होको भन्सार दर घटाएर १ प्रतिशत कायमगरिएको छ ।

यस्तै सरकारले रेफ्रिजेरेटर ग्राइन्डर, राइसकुकर, पङ्खालगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरेको छ । भन्सार महसुलमा पनि कमीगरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button