कोखमा छिरेकाे १२ इन्च लामो रड निकालियाे

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देब्रे पट्टी कोखामा १२ इन्च लामो रड छिरी घाइते भएका एक कोरोना संक्रमितको जटिल शल्यक्रिया गरि निकालिएकाे छ ।

गत जेठ ११ गते दिउसो १ बजेतिर घरको भित्तामा प्लाष्टर गर्ने क्रममा ६ फिटको उचाईबाट झर्दा छातीको देब्रेपट्टि कोखाबाट रड करिब १२ इन्च भित्र छिर्दा घाइते भएका झापाका ३८ वर्षिय पुरुषको शल्यक्रिया गरिएको हो ।

दुर्घटना भएको दिनमै करिब ४ बजेतिर घाइते संक्रमितलाई प्रतिष्ठानको आकस्मिक कक्षमा रड ननिकालिएकै अवस्थामा पुर्याइएको थियो । प्रतिष्ठानका अनुसार रड करङबाट छिरी फोक्सोको तल्लो भाग र मुटुमा पनि चोट लागेको थियो ।

डा. सुरेश प्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल (कार्डियो थोरासिक भास्कुलर सर्जन), डा. रुपेस प्रसाद शाह, डा. विजय श्रेष्ठ, डा. रतिस, डा. अर्विन्द, डा. पवन सापकोटा त्यसैगरि एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मल्ल साथै नर्सहरु जानकी चौधरी, गिता राई, ओटी टेक्निसियन रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायत टिमले शल्यक्रिया गरि छड निकालेको थियो ।

बिरामीलाई ओटीमा लगिसकेपछि जिन एक्स्पट परीक्षण गर्दा रिपोर्ट कोरोना पाजेटिभ आएको रपनि रत्तिभर विचलित नभई स्वास्थ्यका मापदण्ड अपनाई शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

११ दिनको अस्पताल बसाइपछि बिरामीलाई जेठ २२ गते डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button