कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका पूर्ण प्रसाद आर्चाय र उपमेयरमा संगिता सुवेदी पौडेल विजयी भएका हुन् ।

कोहलपुर नगरपालिकाको १५ वटा वडामा खसेको सबै मत गणना गर्दा आचार्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसाललाई १९२९ मतान्तरले हराउँदै विजयी भएका हुन्। उनले १४ हजार एकसय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १२ हजार दुईसय ५ मत प्राप्त गरे।

त्यस्तै, नगर उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार संगीता सुवेदी विजयी भएकी छन्। उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अस्मिता चौधरीलाई ५५६ मतान्तरले हराउँदै नगर उपप्रमुखमा विजयी भएकी हुन्। उनले १४०७३ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चौधरीले १३५१७ मत प्राप्त गरिन्। अहिले सयौं नेपाली कांग्रेस समर्थककाे साथ विजयी र्याली काेहलपुर नगर परिक्रमा गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here