माेहन खत्री, बर्दियामा भारी बर्षासँगै चट्याङ पर्दा भैंसी मरेका छन्। उक्त चट्याङले गेरूवा १ बगहीपुर निवासी हरिकृष्ण शर्माकाे २ वटा भैंसी मरेकाे हाे।

मंगलबार राति करिब १ बजेतिर चट्याङ परेको हाे। चट्याङ लागेर २ वटा भैंसी गुमाउनु परेपछि परिवार चिन्तित बनेका छन्। चट्याङले लागेर भैंसी ढल्दा प्रत्येक्ष देखेका शर्माको श्रीमती अझै डरले झस्कि रहन्छन्।

निम्न बर्गका किसान परिवारकाे करिब एक लाख पचास हजार बराबरको क्षेती बेहोर्न परेकाे शर्माले बताए । दुई वटै भैंसी गर्भेणी रहेकाे उनको भनाइ छ। उनका अनुसार एउटा पाँच र अर्को दुई महिनकाे गर्भेणी थियो ।

यसरी भव्यतव्यीमा परी क्षति भएकोले उचित मुल्यांकन गरि क्षतिपूर्ति पाउँछन् कि भन्ने आशा रहेकाे उनले बताए ।

भिडियो पनि हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here