काठमाडौँ — कांग्रेम महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्य समितिले आगामी प्रतिनिधिसभा चुनावमा लागि क्षेत्र नम्बर ४ बाट थापाको नाम सिफारिस गरेको हो ।

महामन्त्री थापाले भने २०७४ मा निर्वाचित भएको क्षेत्र काठमाडौं ४ बाटै आफ्नो उम्मेदवारी रहने प्रस्ट पारेका छन् । उनी काठमाडौं ४ बाट सर्वसम्मत रूपमा सिफारिससमेत भएका छन् । यसअघि उनको नाम कास्की क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको थियो ।

सर्लाही ४ यसअघि २०७४ सालमा अमरेशकुमार सिंह निर्वाचित भएको क्षेत्र हो । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, वीरेन्द्रप्रसाद सिंहको पनि एकल सिफारिस भएको र (ख) अधिक कुमार सिह , अशोककुमार सिह र नरेन्द्र राय प्रदेशसभा सदस्यमा सिफारिसमा भएको कांग्रेस मधेस सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here