आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले आफ्नो नाम सर्वसम्मतिले सिफारिस गरेपछि नेकपा एमालेका नेता भीम रावलले खुसी व्यक्त गरेका छन्।

प्रतिनिधि सभा सदस्याका लागि अछाम–१ बाट आफू सिफारिस भएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले खुसी व्यक्त गरेका हुन्।

आफ्नो नाम सिफारिस गरेकामा उनले पार्टीपंक्तिलाई धन्यवादसमेत दिएका छन्।

पाँच दशक लामो राजनीतिक जीवनका क्रममा आफूले खेलेको भूमिकालाई पार्टीले मूल्यांकन गरेको उनको ठहर छ।

‘यस निर्णयलाई मैले पाँच दशक लामो राजनीति जीवनमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हित, लोकतन्त्र र विधिको शासन, कम्युनिष्ट पार्टीको निर्माण र विस्तार तथा जनताको हकहित एवम् विकास निर्माणका लागि खेलेको भूमिकाको बलियो समर्थनको रूपमा लिएको छु।’

२०७४ सालको चुनावमा रावलले अछाम १ बाट कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गरेका थिए । उनले २४ हजार ८९३ मत पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here