काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई पहिलो गासमै ढुगां लागेको छ । आफुले आत्मसमर्पण गर्ने बताउँदै आएका लामिछानेले हटकडी नलगाउन अनुरोध गरेपनि उनलाई हतकडी लगाइयो ।
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए । उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।
दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो । कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।
काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । पाेलिटिक्स दैनिक ।





