कैलाली/प्रकाश विक : बिहीबारदेखि लगातार परेकाे अबिरल बर्षाकाे कारण देशका विभिन्न ठाउहरुमा पहिराे र डुबान हुन थालेको छ। यस्तै कैलालीकाे विभिन्न  स्थानहरुमा भारी बर्षाकाे कारण बस्तीहरु डुबानमा परि  जनताले समस्या झेल्नु परेको थियो। साे डुवानमा धेरै धनजनकाे क्षति भएको थियो । केही हप्ता वर्षा राेकिएर राहतको महसुस गर्न थालेको कैलाली बासी गत केही दिनदेखि लगातार परेको भारी बर्षाले भजनी नगरपालिका का केही भाग र टीकापुर नगरपालिका- ७ का केही भूभाग फेरी डुबान हुने सम्भावना बढेको छ।

 

यसैगरी सुनाहाफाटा, प्रतिपुर, बैधी गाउँ, नेपालगञ्ज – गुलरिया हुलाकी सडक खण्ड डुबानमा परेको छ ।
पथरैया नदी ,कान्द्रा नदी बढेसँगै नदी पुरै भरिएर तिब्र वेगमा नदीकाे बहाब बढ्दै आइरहेकोले स्थानीय थप चिन्तामा परेको छ।

 

याे अवस्था मा यस डुबान क्षेत्रको बर्खे ,धान-बाली कतिपय ठाउँहरूमा पुरै नष्ट भएको छ भने कतिपय ठाउँहरूमा धान कालो देखिने, सडेर उम्रिन थालेका छन् । यस्तै बालुवाले खेत पुरिएकाे पुरीएकाे पनि देख्न सकिन्छ। लगातार अहिले पानी परिरहेको याे स्थानमा यसैगरी रातभर यस्तै पानी परीरहे भने थप डुबानमा परि संकट आईपर्ने सम्भावना देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here