नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ का लागि चुनाव लड्न टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मानन्धनरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कार्यकर्ता र जनताको भावना नबुझि नेतृत्वले निर्णय लिएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिनुपरेको उनले बताएका छन् । उनका अनुसार एमालेमा टिकट पाउनु भनेको वरदान पाउनु जस्तै भयो।

आफूले सहजै जित्ने निर्वाचन क्षेत्रमा पार्टीले टिकट नदिएपछि बाध्य भएर स्वतन्त्र उम्मेदवार बन्नुपरेको उनले बाध्यता सुनाए । उनका अनुसार सुतीसुती जित्ने ठाउँमा उठेर हिँड्नुपर्ने अवस्थामा नेतृत्वले शैली परिवर्तन गरेपछि निर्णय लिनुपर्यो । २०७४ सालको निर्वाचनमा मानन्धर यहिँ क्षेत्रबाट सांसद बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here