काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

यो क्षेत्रमा चर्चित नेताहरु प्रतिस्पर्धामा छन् । काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरीष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं १ बाट उम्मेदवारी दर्ता गराएका छन्। मिश्र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

 

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले योपटक मतदाताले आफूहरूलाई जिताउने विश्वास व्यक्त गरे। त्यस्तै नेपाल प्रहरीका पूर्वडीआइजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

 

उम्मेदवारी दर्तापछि उनले कानुन निर्माण गरेर सदनमा संगठित अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताए। यही क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंह भिड्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here