तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो ।

 

 

व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिए भन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई-दुई लाखका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

 

 

“ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो”, गैह्रेले भने, “सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ ।”

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here