मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा जुवाको खालबाट प-क्राउ परेका ३३ जना जु”वाडेलाई तिहार र छठ पर्व मनाउनका लागि छोडिएको छ ।

लगातार बिदा परेकाले आउँदो कात्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउन छोडिएको हो ।

 

तिहार, छठ पर्व भएकाले र यसै बीचमा बिदा पनि परेकाले कार्यालय खुलेको दिनमा हाजिर हुनेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प”क्राउ परेकालाई अ-नुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरबाट जु’वा खेलिरहेका ३३ जनालाई मंगलवार राति प्रहरीले प_क्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको थियो ।

 

अस्थायी प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटिएको प्रहरी निरीक्षकको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जु’वा खेलिरहेको अवस्थामा ३३ जना र अ’भद्र व्यवहार गरेको आ_रोपमा एक महिला गरी ३४ जनालाई प’क्राउ गरेको थियो । प्रहरीले म्याद थप गरेर मु-द्धा दर्ता गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here