महाेत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन क’र्फ्यु आदेश जारी गरिएको छ । बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झ’डप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि क’र्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो ।
आज बिहान झन्डै १० बजेतिर हिन्दु से’ना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झ’डप भएको थियो । दुवैतर्फबाट भएको ढुं;गामुढाको क्रममा सु’रक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् । घा’इतेहरूको अवस्था सामान्य छ । अवस्था त’नावग्रस्त भएपछि प्रहरीले ३२ रा’उन्ड बढी हवाई फा’यर गरेकाे थियो ।
अहिले भने अवस्था सामान्य रहेको छ । शान्त भएको वि’वाद राती बढ्न सक्ने आशङ्कामा त्यस क्षेत्रमा आज बिहीवार दिउँसाे ४ बजेदेखि अनिश्चितकालीन क’र्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।






