१४ कात्तिक, काठमाडौं । ब’लात्कार भएको भनिएको दिन किटानी जा’हेरी दिने ना’बालिगले स-न्दीप लामिछानेको गाडीको पछाडिको भागको फोटो पठाएको बयान क्रिकेटर देव खनालले दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अ”भियोग पत्रमा उल्लेखित खनालको बयानमा ‘त्यसदिन पी’डितले स्न्यापच्याटमा लामिछानेको सेता रंगको गाडीको पछाडिको भागको फोटो पठाएको’ भनिएको छ ।
पी’डित ना”बालिकाको बयान अनुसार खनालले पठाएको स्न्यापमा लामिछानेलाई मेन्सन भएको देखेपछि उनले फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । लामिछानेले आधा घन्टाभित्रै एसेप्ट गरेर कुराकानी थालेका थिए ।
घ”टना हुनुभन्दा तीन चार महिनाअघि मात्रै स्न्यापच्याटमार्फत पी:डित भनिएकी ना;बालिगसँग आफ्नो चिनजान भएको उनले भनेका छन् ।
‘कुराकानीका क्रममा उनले तपाईं राम्रो खेल खेल्नु हुने रहेछ, म तपाईंको फ्यान हुँ । तपाईंको खेल मलाई साह्रै मन पर्छ भन्ने जस्ता म्यासेज स्न्यापच्याटमा पठाइरहेकी थिइन्’, उनले भनेका छन्, ‘निजसँग खेलसम्बन्धी कुराकानी भइरहेकले भएकाले मैले सोसियल मिडियामार्फत चिनेको थिएँ, तर हालसम्म प्रत्यक्ष देखेको छैन, फोटोमा मात्रै देखेको छु ।’
पछि केन्या गएपछि आफू व्यस्त हुँदा उनीसँग कुराकानी हुन नपाएको उनले भनेका छन् । र, विदेशमै हुँदा सञ्चारमाध्यममार्फत लामिछानेवि”रुद्ध ज:बरजस्ती क’रणीको क’सूरमा जा’हेरी परेको थाहा पाएको खनालले भनेका छन् ।





