काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेवि’रुद्ध परेको मु’द्दामा बयान लिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने वि;रुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मु’द्दामा बयान लिइएको हो । अ’दालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । ला’मिछानेवि’रुद्ध १७ वर्षीया कि’शोरीलाई ब’लात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मु’द्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूवि’रुद्ध लागेको ब’लात्कार आ’रोप अस्वीकार गर्दै आफू नि’र्दोष रहेको र ब’लात्कार नगरेको बयान दिएका छन् ।

 

लामिछानेवि’रुद्ध ना’बालिकमाथि ज’बरजस्ती क’रणी गरेको आ”रोपमा जाहेरी परेपछि उनलाई न्यायिक हि”रासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्र”क्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here