सर्जन कुमार शाही –

मुगु जिल्ला नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्ल द्धारा बुधबार (आज) जिल्ला पशु सेवा र मालपोत कार्यलयको अनुगमन भएको थियो ।

जिल्ला पशु सेवा कार्यलयको नियमित सेवा चलिरहेको र प्राय बढी सेवा लिनेमा छायानाथ रारा नगरपाली र कम सेवा लिनेमा अन्य स्थानीय तह रहेको , जिल्ला पशु सेवा कार्यलयको मुख्य योजना भनेको मुगु जिल्लामा रहेका करिब ४५० भेडा र बाख्रा पालन व्यवसायी मध्य २०० भन्दा बढीलाई कैँची र काइयो दिने योजना रहेको जिल्ला पशु सेवा प्रमुख भिमचन्द्र बुढाले बताए ।
जिल्ला पशु सेवाको आफ्नै निजि गाडी पनि रहेको कार्यलयमै भेटीएको थियोे भने सम्पुर्ण कर्मचारी पनि कोहि फिल्डमा र कोहि कार्यलयमै उपस्थित थिए ।

 

 

जिल्ला मालपोत कार्यलयको अनुगमन गर्दा कार्यलयमा जम्मा १२ जना कर्मचारी दरबन्दी रहेकोमा ३ जना रिक्त र ९ जना कार्यरत कर्मचारी रहेका, अहिले सबै भन्दा बढी किनबेचको काम चलिरहेको र स्थानीय तह र वडाले आफ्नो जिम्मेवार पूरा नगरेको कारण धेरै कामहरु गर्न रोकिएको भनी कार्यलय प्रमुख जगत बहादुर रोकायले बताए ।

 

 

जिल्ला मालपोत कार्यालयको आफ्नै भवन नभएको भवनको लागी जग्गा सर्वे भएको र भवन निर्माणका लागी केहि पनि बजेटको टुंगो नलागेको र आफ्नो कार्यलयको निजि भवन नभएको कारण सेवाग्राहीलाई सेवा दिन धेरै गाह्रो भएको तथा आफ्नै निजि कार्यलयको गाडी पनि नभएकोले कार्यलयको काम गर्न सजिलो होस भनेर कार्यलय व्यवस्थापनको खर्चले २ वटा बाईक खरिद गरेको भनी कार्यलय प्रमुखले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here