फिदिम :: पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको ज्यान गएको छ ।

घट्नामा मेघबहादुर सहित २ जना घाइते भएको छ । ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा बिजेन्द्र गुरुङ घाइते भएको छ । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार घर पुर्ण रुपमा ध्वस्त भएको छ भने आगलागीको कारण खुलेको छैन । आगलागी रातको साढे एकवजे सुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको प्रहरी टोलीले नियन्त्रणको प्रयास गर्दा पनि सम्भव नभएको प्रत्यक्षदर्शी बताँउछन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेर आगो नियन्त्रणसँगै उद्वार गरेको थियो । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । घट्नामा ५० लाख रुपैंया भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

डिसेम्बर ३१ मा भारतको उत्तरप्रदेशस्थित मेरठ पूरै रमझममा थियो। ३८ वर्षीय चन्द्रबहादुर, ३४ वर्षीया श्रीमती कुमारी भुल र ४ वर्षीया छोरी अञ्जली खाना खाएर कोठीको कोठामा सुत्न गए।

अत्यधिक चिसो का कारण कोठामा उनीहरूले कोइला बाले। कोइलाको धुवाँले निसासिएर तीनैजनाको मृत्यु भयो। चन्द्रबहादुरका श्रीमती र एक छोरा र एक छोरी छन्। उनको १३ वर्षीय छोरा भुवन मात्र बाँकी रहे।

भुवन कैलालीको गौरीगंगा– ४ गोप्कास्थित पीपल टोलमै आफ्ना बाजेबज्यैसँग बस्दै आएका छन्। उनी स्थानीय पशुपति माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्। छोराछोरीलाई पढाउने सपना विदेशी भूमिको कोठीमा बिलाएसँगै उनको परिवारमा बाँचेका एक मात्रै छोरा भुवन टुहुरा बनेका छन्। चन्द्रबहादुरका दाजु लालबहादुर पहिल्यै अलग बस्दै आएका थिए भने उनका बुबा र आमा चन्द्रकै कमाइमा आश्रित थिए। एक कट्ठा जमिनमा घर बनाएर बसेका उनीहरूसँग जग्गाजमिन छैन। भारतमा मजदुरी गरेर कमाएको पैसा नै उनको परिवारको जीविकोपार्जनको आधार थियो।

 

बाल्यावस्थामै रहेका भुवनले आमाबुबा र बहिनीको मृत्यु सुनेर रोइरहेको चन्द्रबहादुरका दाजु लालबहादुरले बताए। ‘हिजो साँझ भान्जाको मोबाइलमा भारतबाट आफन्तको फोन आएपछि हामीले भाइको सपरिवार मृत्यु भएको खबर पायौं’, लालबहादुरले भने, ‘खबर सुनेदेखि वृद्ध आमाबुबा बेहोस छन् भने छोरा रोइरहेको छ।’

 

चन्द्रबहादुर गत कात्तिकमा दीपावलीको अघिल्लो दिन घर आएका थिए। उनी दीपावलीकै दिन बिहान श्रीमती र छोरी लिएर दिल्लीस्थित बहिनीका हातको टीका लगाउन गए। बहिनीका हातबाट टीका लगाएपछि उनी उतैबाट मेरठ गएका थिए। चन्द्रबहादुर मेरठको टिपी नगरका उद्यमी आलोक वंशलका घरमा घरेलु श्रमिकका रूपमा काम गर्थे !

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here