सर्जन कुमार शाही – मुगु ।
मुगु जिल्ला को सदरमुख काम गमगाढ़ि को छायानाथ रारा नगरपालिका को बसपार्कको उद्घाटन गरिएको छ ।

 

जिल्लामा बसपार्क नहुँदा सवारी साधन पार्किङ गर्न समस्या हुँदै आएको थियो । सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता थियो । छायानाथ रारा नगर पालिका वडा न १ का वडा अध्यक्ष पदम राज मल्लले बसपार्क व्यवस्थापन भएसमग्र जिल्ला लगायत छायानाथ रारा नगरपालिकाको मुहार फेरिने बताउनुभयो । उहाँले लामो समयपछि बसपार्क स्थापना गर्न पाउँदा खुसी महसुस भएको बताउनुभयो ।

 

कार्यक्रममा छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भामले बसपार्क निर्माणमा आफनो सक्दो भयको र आझै सहयोग रहने बताउनुभयो । स्थानीय को चन्दा स्वरूप झडै १२०० वर्ग मीटर र सार्वजनिक जग्गामा बसपार्क निर्माण गरीएको छ । कुल अनुमान १५ कठा जग्गामा करिब १ करोड़ ५० लाख र २० लाख बराबरको जनसर्वदानमा मुगुको बसपार्क सञ्चालन भएको हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here