हरि बिक, गुलेरिया बिवाहाकाे जन्ती बाेकेकाे बस पल्टिंदा ११ जना घाइते भएको छ।

शुक्रबार बिहान ७ः४५ मा राजापुर-नेपालगन्ज हुलाकी सडकखण्ड अन्तर्गत पर्ने भजनीमा कैलालीबाट बाँकेतर्फ गइरहेको से १ ख ११८७ नम्वरको जन्ति लिएर गइरहेको बस दुर्घटनामा परेको छ ।बसका सहचालक पर्शु चौधरीका अनुसार बसको अगाडी बाटोमा दुई वटा भैसी आएका कारण बस अनियन्त्रित हुंदा दुर्घटनामा परेको हाे ।

 

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी सहायक निरिक्षक (असई) रमेश राज केसीका अनुसार बसमा ३५ जना यात्रु रहेको र ती मध्ये ११ जना गम्भिर घाइते भएका छन् । ११ जनामध्ये एक जनाको अवस्था भने नाजुक रहेको पनि उहाँले बताउनुभयो । घाइतेहरुलाई तुरुन्तै एम्बुलेन्समा राखी जिल्ला अस्पताल गुलरिया पु¥याइएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here