बुटवल/ नेपाल ख्रिष्टियान समाज लुम्बिनी प्रदेशकाे आयोजनामा संचालित दुई दिने कार्याशाला गोष्ठी सम्पन्न ।
उक्त गाेष्ठीमा बिश्वास सुनाइबाट आउँछ भन्ने कार्यक्रमकाे अभिमुखिकरण कार्यक्रममा सहभागीता तथा प्रतिनिधित्व जनाउँदै नेपाल खीस्टियन समाजका केन्द्रका पुर्ब अध्यक्ष रेभ जीवन गुरूङ,सचिव पा. रविन बैधय,केन्द्र सदस्य पा माधवप्रसाद न्याैपाने, कार्यक्रम संयोजक दिव्य खनाल, विस्वास सुनाइबाट आउँछ (FCBH) का राष्ट्रिय निर्देशक पा नवल शिवाकोटी
लुम्बिनी प्रदेशका १० वटा जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरू, लुम्बिनी प्रदेशका कार्यसमिति पदाधिकारीहरू, सचिवालय समिति,स्थानिय मण्डलीका पा. लिल बहादुर घर्ती र उहाँको टिम, आराधना गर्न सहयोग गरिदिनु हुने संगित झुन्डका भाइ बहिनीहरू, दाङ जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित पाषटर तथा अगुवाहरूकाे उत्साहजनक सहभागीता रहेको थियोे । साे कार्यक्रममा करिब १३५ भन्दा बढी सहभागीहरूकाे उपस्थिति रहेको थियो ।
साथै साे कार्यक्रममा सहभागीहरूलाई करिब १५० भन्दा बढी जनालाई अडियो बाइबल र दुर्गम जिल्ला अन्तर्गत पर्ने गुल्मी,पाल्पा,अघाँखाची, रोल्पा र कपिलवस्तु गरि ५ जिल्लालाई सुसाचार सुनाउन सहज हाेस् भनी प्राेजेकटर वितरण पनि गरिएकाे लुम्बिनी प्रदेशको अध्यक्ष बावुराम बस्नेतले जानकारी गराए ।
फाेटाे फिचर






