बर्दिया, क्षितिज मगर
प्राय: पुरुषले घरायसी काम गर्दा प्रयाेग गर्ने काँटि ठाेक्ने फलामको हताैडाले काँटि ठाेक्दै फुलडाली बनाउन काेसिस गरिरहेका तालिमका एक सहभागी १९ बर्षिया किशोरी महिमा राजी भन्छिन् ‘आयआर्जनका अन्य उपायहरु केही छैनन् , श्रीमान् पनि बाहिरको सानातिना कामहरु गर्छन्, कमाउने जग्गा जमिन पनि छैन याे तालिमबाट सिकेको सीपले आयआर्जनमा केही मदत गर्छन् कि भन्ने आशा लागेको छ । 
उक्त तालिमका अर्का एक सहभागी पवित्रा राजीले भनिन् ‘आफ्नै घरमा बसेर याे काम त हामीले मज्जाले गर्न सक्छौं, त्यतिकै बस्नु भन्दा यहि सीपले केही गर्न सक्छौं ।

राजी वस्ती सामुहिक आवास क्षेत्रका लाेपउन्मुख राजी समुदायलाई ससक्तिकरण गर्ने उद्देश्य सहित बारबर्दिया नगरपालिकाका उद्यम बिकास शाखाले सन्चालन गरेका १ महिने वेतबास बनाउने फर्निचर तालिममा भेटेका सहभागीहरुमा यस्तै-यस्तै उत्साह र आशा बाेकेका मिश्रणहरु सुन्न सकिन्छ ।

बारबर्दिया नगरपालिका-१० मा सन्चालित उक्त कार्यक्रम गत बैशाख ५ बाट सुरु भएकाे हाे, साे तालिममा १४ जना सहभागीहरुले स्वस्फूर्त रुपमा उत्साहित हुँदै दैनिक रुपमा सिकिरहेकाे तालिमको प्रशिक्षक जय बहादुर चाैधरीले बताए ।


प्रशिक्षक चाैधरीका अनुसार ‘तालिममा बांस र वेत बाट बन्ने मुडा, फुलडाली, मेकअप बक्स, ब्रस मन्जन सेटअप बक्स र कलम राख्ने बक्स लगाएतका सामग्रीहरु बनाउन सहभागीहरु सक्षम हुन्छन् । चाैधरी बारबर्दिया नगरपालिकाका उद्यम बिकास शाखा वेतबास बनाउने फर्निचर तालिम २०६९ का सहभागी रहेकाे र साे तालिम कै सहायताले हाल आफ्नै फर्निचर चलाएर बसिरहेको बारबर्दिया नगरपालिकाका उद्यम बिकास शाखाका सहजकर्ता पाँचौं पार्वती गाैडेलले बताईन् । 
‘साे तालिम सकिएपछि उनिहरुले उत्पादन गरेका बाँसका सामग्रीहरुकाे बजार व्यवस्थापनकाे लागि नगरपालिकाले पहल गरिदिने र विस्तारै उत्पादन भएका सामग्रीहरु उत्पादक स्वयमनै व्यवसायमा सक्रिय भई बजार खाेज्नु पर्ने’ बारबर्दिया नगरपालिकाका उद्यम बिकास शाखाका सहजकर्ता गाेैडेलले जनाए । उनले थपिन् ‘सँधै बजार व्यवस्थापन गर्दिन् छन् भनेर सामग्री उत्पादकहरुले नगरपालिका माथि निर्भर पर्नु हुन्न यसले व्यवसायीलाई परनिर्भरता बनाउँछ।’
त्यस्तै, उक्त राजी वस्तीकाे नेतृ पार्वती राजीले राजीहरु अशिक्षित, व्यराेजगारी भएको कारणले यहि तालिम पनि अलिक लामाे भए राम्रो संग सिक्न पाउने र यस्तै सिपमुलक तालिमहरु राज्यले जुटाईदिए अन्य समुदाय सरह आयआर्जन गर्न सक्षम हुने बताइन् ।
भिडियो हेर्नुस् ।
https://fb.watch/kqNMyS3FRx/?mibextid=Nif5oz




