सर्जन कुमार शाही -मुगु,
हिमाली जिल्ला मुगुमा पहिलो पटक भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको छ । नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्लको अगुवाईमा मुगुमा पहिलो पटक भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको हो ।

भुटानी शरणार्थी ,सुन काण्ड, वाइटबडि काण्ड लगायत काण्डले देशमा भ्रष्टाचारले खतरा रूपलिने भएकाले त्यसको विरोध गर्दै मुगुमा भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल्ले बताए । उनका अनुसार देश आर्थिक बन्दिले देश श्रीलंका हुन लागिसकेको छ तर देश बिकासमा लागेका ठुला नेताहरुले भ्रष्टाचार गर्न थालेकाले यसको बिरोध अब स्वतन्त्र नागरिकले गर्नु पर्ने बेला आएको भन्दै भ्रष्टाचार विरुद्धको अभियान देश भरिका नागरिकहरुले गर्नु पर्ने बताए ।

यसै बीच मुगु जिल्लामा पनि बिकासका नाममा करोडौं बजेट आएपनि बिकास भन्दापनी भ्रष्टाचार बढि भएको बताएका छन्। अब हिजोको दिन कति भ्रष्टाचार भए त्यसको तथ्यांक सकलन गरिनुका साथै अब भ्रष्टाचार गर्ने जो कोहिलाई कालो मुसो दल्ने उनले बताए । आजको भ्रष्टाचार विरुद्धको आन्दोलनमा स्वतन्त्र नागरिक , पत्रकार हरुको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here