प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अवरोध सिर्जना भएपछि सूचना टाँसेर स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक बुधबार बस्दै छ । हेटौंडा-१० स्थित प्रदेशसभा भवनमा सदन सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकको अग्रसरतामा बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको छ ।

सरकारले असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट वितरण मुख्यमन्त्री र मन्त्रीमुखी भएकोभन्दै एमालेले अवरोध सिर्जना गरेको हो । एमालेको अवरोधसँगै मंगलबार साँझ ६ बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरेको थियो ।

सदन सञ्चालनको विषयमा सरकार र प्रतिपक्षी दलबीच विभिन्न चरणको छलफल भए पनि ठोस सहमति भने भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here