कैलाली- मनोसामाजिक समस्याको पहिचान तथा सिफारिस प्रणाली विषयक दुई दिने तालिम सञ्चालन भएको छ।

टीकापुर नगपालिकामा वर्ल्ड भिजन इन्टरनेनल नेपाल र बाल कल्याण संघको सयुक्त साझेदारीमा संचालित उक्त तालिम एकीकृत बाल सरक्षण तथा तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत भजनी र टिकापुर नगरपालिकाबाट २५ जना सहभागीहरुले उत्साहजनक जनक सहभागीता जनाएका छन्।

असार २१ र २२ गते हुने साे कार्यक्रम टिकापुरको होटेल ग्रिन एसियामा प्रा.ली. मा संचालन भैरहेको छ। दुई दिन संचालन हुने याे तालिममा मनोसमाजिकको अवधरणा, मनोसामजिक समस्या हुने कारणहरु र मनोसमाजिक सम्स्याले बालबालिकामा पर्ने असर तथा प्रभाव , मनोसमाजिक सम्स्यामा परेको साथै  बालबालिकाहरुले पहिचान र मनोसामजिक सम्स्यामा परेका बालबालिकाहरुले देखाउने लक्षण र स्वभाव र त्यस्तो समस्या परेको बालबालिकाहरुलाई गरिने स्याहार सीप र मनोपरमर्शको शिक्षाका साथै केश हस्तान्तरण गर्ने प्रणाली र दस्ताबेजिकरण गर्ने प्रक्रिया जस्ता विषयमा छलफल हुने कुराको जानकारी मनोपरामर्श कर्ता बिष्णा चौधरीले जानकारी गराए ।

उक्त तालिमकाे उद्घाटन बालकल्याण संघ टीकापुरको अध्यक्ष धन बहादुर बिकले गरेकाे थियो । त्यसैगरी तालिमको उद्देश्य माथी प्रकाश र स्वागत अनुगमन तथा मुल्यांकन अधिकृत मिठु हुड्केले र कार्यक्रम संचालन मोहन बि .क ले गरेकाे थियो । कार्यक्रममा संस्थाको कोषाधक्ष धन राज शाहि , कार्यक्रम ब्यबस्थापक सुगम रेग्मीको उपस्थिति रहेको थियोे । दुई दिन सम्म चल्ने तालिमको सहजीकरण मनोपरामर्श कर्ता बिष्णा चौधरी र भरत चौधरीले गरिरहेकाछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here