काठमाडौं। शनिबार (भोलि) बाट देशभरि ढुंगा, गिट्टी र बालुवाको बिक्री तथा उत्पादन बन्द हुने भएको छ। सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै नेपाल क्रसर तथा खानी व्यवसायी महासंघले ढुंगा, गिट्टी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको हो।
सरकारले मापदण्ड पूरा नभएका क्रसर उद्योगहरू असार मसान्तसम्म मात्रै चल्न दिने जनाएको छ। सोहीअनुसार अहिले मापदण्ड पूरा नभएका क्रसरहरू नवीकरण भएका छैनन्।
तर, महासंघले भने हाल सञ्चालनमा रहेका उद्योगलाई स्वतः नवीकरण गरेर सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएको छ। सरकारले असार मसान्तसम्म चल्न दिने बताएपनि महासंघले भने १५ दिन अघिबाटै क्रसर उद्योग बन्द गर्ने भएको हो।





