प्रकाश बिक,
काठमाडौं – जातीय व्यवस्था विरुद्ध ‘देशव्यापी विरोधी प्रदर्शन’ भन्ने मूल नारा का साथ जात व्यवस्था उन्मुलन माेर्चा, नेपालले विरोध प्रदशर्न गरेका छन् ।
बुधबार काठमाडौंको माईतीघर मण्डलामा भएको साे कार्यक्रममा जात व्यवस्था उन्मुलन माेर्चा, नेपालका विशिष्ट व्यक्तित्वहरुले जातका कारण नेपालमा अहिले धेरै किसिमका घटानाहरु बारम्बार घटिरहेको र सरकारले यतिबेला केही सुधार गर्न नसकेको भन्दै आफ्नो भनाइ राखेका थिए।
त्यस्तै समाजमा दलित प्रथाका कारण धेरै अमानविय हिंसा घटेको दाबीसमेत गरेका थिए। जात के हो ? कस्ले बनायो ? र जात मै के राखेको छ ? भन्दै आमन्त्रित वक्ताहरुले राज्यलाई प्रश्न गरे भने प्रदर्शनमा बैज्ञानिक समाजवाद जिन्दावाद, जातिय राज्य व्यवस्था मुर्दावाद भन्दै नारावाजी गरेका थिए।
माेर्चाका अध्यक्ष शान्ति गजमेरले सम्बाेधन गर्दै उक्त कार्यक्रमकाे समापन गरेको थियो ।
फाेटाे फिचर






