बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा बसोबास गर्ने मुना खड्काको निधन भएको छ ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्यनरत २२ वर्षिय खड्काले सोमबार आफ्नै निवासमा बिष सेवन गरे पश्चात् उपचारका क्रममा कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।

उनी एक युवक संग प्रेम सम्बन्धमा रहेको र ती युवकले बिभिन्न बहानामा खड्कालाई यातना, धम्की, डर देखाउदै आएपछि बाच्नुको विकल्प नरहेकोले आत्महत्या गरेको खड्काका आफन्त बताउन्छन  ।

पिडक भनिने युवकलाई कानुनको दायरामा ल्याउनुपर्ने उनका साथिहरुले नागरिक पत्रीकालाई बताए ।

उनि लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय हुँदै विद्यार्थीको हकहितको लागी  आवाज उठाउदै आएकी थिइन् । उनी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा बि.बि.एस. चौंथो सेमेस्टरमा अध्यनरत थिईन् ।

नोट : पिडक भनिने युवकको नाम गोप्य राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here