सर्जन कुमार शाही
मुगु- गमगढी,३० मंसिर

गमगढी – नेपाल कम्युनिस्ट पार्टि एकीकृत समाजवादीका पाेलिट ब्युराे सदस्य चन्र्दबहादुर शाहीले नेपालमा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापित  भएकाे भएपनि देशमा  समाजवाद अँझै नआएकाे बताउनु भएकाे छ ।  नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी  जिल्ला कार्य समिति मुगुले शनिवार गमगढी स्थित हाेटेल जनता प्लाजामा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उक्त धारणा राख्नु भएकाे हाे ।

कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री एवं  पार्टिका कर्णाली प्रदेशका सह – ईन्चार्ज समेत रहेका  पाेलिट ब्युराे सदस्य शाहीले देशमा समाजवाद स्थापित गर्नका लागि समाजवादी माेर्चा समेत बनाएकाे र देशमा समाजवाद स्थापना गरि छाड्ने   बताउनु भयाे ।  आयाेजित उक्त पत्रकार सम्मेलनमा  पार्टि परित्याग गरेका  केही पदाधिकारीहरूलाई  आवश्यक कार्वाहिका लागि प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय भएकाे पनि  साे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे हाे ।

एकीकृत समाजवादि  पार्टिकाे  पालिका स्तरिय कमिटिकाे कार्ययाेजना बनाई संगठित सदस्य, अध्यावधिक गर्ने,  वडा र गाउँ कमिटिका निर्णयहरू अनुमाेदन गर्ने ,यहि मिति २०८० साल फागुन ५ र ६ गते पार्टिका जिल्ला अधिवेशन गमगढीमा गर्ने, यसै गरि पार्टिका जनबर्गिय संगठनका  किसान संघ र दलित मुक्ति माेर्चा काे अधिवेशन आगामी  पाैष १५ र १६ गते  खतेड गाउँपालिकामा र युवा र  अनेरास्वभ्युकाे अधिवेशन यहि २०८० पाैष महिनाकाे १८ र १९ गते साेरूगाउँपालिकामा गर्ने  निर्णय भएकाे जानकारी गराईएकाे थियाे ।

साथै   २०८० माघ महिनाकाे १५ र १६ गते राष्ट्रिय  बिधान महाअधिवेशन हुने भएकाेले  नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी मुगु जिल्लाकाे तर्फ बाट बिधान मस्याैदा समिति गठन  गरिएकाे पनि पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ  ।  पार्टिका मुगु जिल्ला अध्यक्ष धर्मबहादुर शाही काे अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी मुगुले पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here