काठमाडौ- ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्।

उनको उद्धारकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार प्रयास गरिरहेको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here