गुलरिया नगरपालिका वडा नं. १ गाउँ नं. १५ मा माघी धुमधामसँग मनाइएको छ ।

थारु समुदायका वडवडहरुको सल्लाह र आयोजनामा गरिएको माघी विशेष साँस्कृतिक कार्यक्रम निकै उल्लासपुर्ण रहेको थियो । यहि अवसरमा आयोजित १५ नं. गाउँका ७ वटा टोलहरुबाट फरक फरक थारु साँस्कृतिक महत्वका सामुहिक नृत्यहरु प्रस्तुत गरिएका थिए ।

उक्त कार्यक्रममा बर्दिया समन्यवय समितिकी उपाध्यक्ष अमिता कुमार यादव, गुलरिया नगरपालिका कार्यपालिक सदस्य नयन सुनार, वडा नं. १ का अध्यक्ष जोगिराम थारु, अन्य वडा सदस्यहरु, वडगड समितिका अध्यक्ष (मुल वडगड) भक्ति थारु लगाएत स्थानिय वुद्धिजिवी र समाजसेवीहरुको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । मन्तव्यका क्रममा सबै वक्ताहरुले नेपाल साँस्कृतिक विविधताले भरिपूर्ण देश भएकाले एकअर्काको सँस्कृति र परम्परालाई सम्मान गर्दै एकअर्कासँग हातेमालो गर्दै अगाडी बढ्न अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सबै सहभागिहरुका लागि हरेक समुहले तयार पारेर ल्याएको थारु विशेष परम्परागत भोजन उपलव्ध गराइएको थियो जसमा ढिक्री, सिध्राको चट्नी, जाँड, तरकारीहरु रहेका थिए ।

फाेटाे फिचर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here