गायक राजेशपायल राई पक्राउ परेका छन् । रक्सी पिएर सडकमा होहल्ला गरेको आरोपमा प्रहरीले राईलाई बिहीबार बिहान २ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रही परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार स्थानीयले गायक राईलगायतको समूहले सडकमा होहल्ला गरेको गुनासो गरेका थिए । त्यसपछि गायक राईसहित केहीलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए । गायक राई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।





