
दाङ, ११ जेठ ।
एडबिन मगर
दाङ–पछिल्लो समय भारतिय आवागमन बढेको कोईलासबास नाकामा दुई दिनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ । भारतमा लोकसभा निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने उद्देश्यले शनिबार राति १२ बजेसम्मका लागी सीमा नाका बन्द गरिएको हुँदा यो अवधिमा आवतजावत नगर्न नगराउन सबैमा अनुरोध समेत गरेको छ ।
भारतको लोकसभा निर्वाचनलाई लक्षित गरी ७२ घण्टा नाका बन्द रहने कानूनी प्रावधान अनुसार सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।।




