सर्जन कुमर शाही
साउन ५ गते
मुगु , अस्थिर राजनीतिकको स्थायी विकल्प काँग्रेस र एमाले भएको मन्त्री शाहीले बताए ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सरकार लोकतन्त्रलाई सुदृढ र गणतन्त्रलाई संस्थागत गर्नेगरी अगाडि बढ्ने बताएका छन्।
आज काठमाडौँको एक कार्यक्रममा उनले शीर्ष नेताको सुझबुझका साथ वर्तमान गठबन्धन बनेकाले देशका मूलभूत समस्या समाधान गर्दै सरकार अगाडि बढ्ने बताए।
“सरकार फेरबदलबाट जनता हैरान भइसकेका छन्, कांग्रेस–एमाले गठबन्धनको यो सरकार अन्तिम विकल्प हो, त्यसैले राजनीतिक स्थायित्व र विकासका काम गर्न केन्द्रित हुन्छौँ”, मन्त्री शाहीले भने।
मन्त्री शाहीले वर्तमान सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने बताए। उनले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने उल्लेख गरे।





