हमास प्रमुख इस्माइल हानिया एयरस्ट्राइकमा मारिएका छन् ।

इस्माइल हानिया इरानको नयाँ राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा सरिक हुन इरानको राजधानी तेहरान पुगेका थिए । एयरस्ट्राइकमा उनको वडीगार्ड समेत मारिएका छन् । हमास र इरानले यो हत्याको दोष इजरायललाई लगाएका छन् भने हालसम्म इजराएलले यो मामलामा आधिकारिकरुपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

इरानकै धर्तिमा इस्माइल हानियाको हत्या हुनुले एकअर्काका कट्टर दुश्मन इरान र इजरायलको विचमा कतै युद्धको परिस्थिति त बन्ने होइन भन्ने आकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here