सर्जन कुमार शाही
मुगु साउन १६ गते,
मुगु स्थित आइएनफ नामक गैरसरकारी सस्थाले दुर्गम तथा पिछडिएका बस्तिमा रहेका विपन्न,गरिव परिवारका युवाहरुलाइ स्वरोजगार र उद्धमी बनाउन सिलाइ कटाइ तालिम दिएको छ ।
मुगु स्थित सोरु गाउपालिका वडा न १ देखि ५ सम्मका वेरोजगार,विपन्न परिवारका १० जना युवाहरुलाइ स्वरोजगार बनाइ उद्धमी बनाउन ३ महिने सिलाइ कटाइ तालिम दिइएको हो ।
३ महिना सम्म जिल्ला सदरमुकाम गमगढीमा दिइएको उक्त तालिमको मङ्गलबार एक औपचारिक कार्यक्रम गरेर समापन गतिएको छ ।
समापन कार्यक्रममा बोल्दै सोरु गाउपालिका २ नाथर्पु गाउका तालिममा सहभागी विविसिङ्ग नेपाली आफुहरु जस्ता युवाले व्यवासाय गर्न सीप सिक्न नपाउदा वेरोजगार बस्नु परेको बेला सिलाइ कटाइ तालिम पाएका छौ । मेसिन औजार पनि दिएको छ अब गाउमै यो व्यवसाय गरेर उद्धमी बन्ने योजना रहेको बताउनु भयो ।

तालिम मै सहभागी भएका सोही गाउँ पालिका ३ भिइ गाउँ कि जौमती धामी आफ्नो गाउमा सिलाई कटाइ गर्ने मानिस नहुदा कपडा बनाउन १ दिन हिडेर कि पालिका केन्द्र सोरुकोट कि त २ दिन लगाएर जिल्ला सदरमुकाम गमगढी जानू बाध्यता थियो अब मैले सिकेको सीप गाउमा देखाइ अन्य गाउलेलाइ हामिले भोग्नु परेको समस्या भोग्न नपर्ने बनाउने र गाउमै सस्तो,सुलवमा सिलाइ कटाइ व्यवसाय खोलेर गाउँ मै सेवा दिई स्व स्वरोजगार बन्ने सुनाउनु हुन्छ ।

तालिम पुर्व सर्भे गर्दा अरु संघ सस्थाले दिएका तालिम भन्दा आइएनफ मुगुले दिएका तालिमको सक्सेस रेड ४०% भन्दा बढी देखिएकोले युवाका लागि आथिक सशक्तीकरण परियोजना अन्तरगत युवाहरुलाइ लक्षित गरि ३ महिने सिलाइ कटाइ तालिम गरिएको र गाउपालिका,आइएनएफ मुगु र तालिममा सहभागी युवा विच त्रिपक्षिय सम्झौता गरेर दिर्घकालसम्म व्यवसायी बनाउने लक्ष्य सहित तालिम शुरु गरिएको आइएनएफ मुगुका कार्यक्रम संयोजक जुवारीलाल कार्कीले बताउनु भयो । उहाँका अनुसार त्रिपक्षिय सम्झौता अनुसार तालिममा सहभागिहरुले व्यवासाय शुरु नगरे तालिम लिदा लागेको खर्चदेखी अनुदानमा दिइएका सिलाइ कटाइका मेसिन औजार समेत फिर्ता गर्नु पर्नेछ ।

आइएफ मुगुले तालिम लिएकाहरुको व्यवासय दर्ता देखि,व्यवसायबाट आम्दानी नआउन्जेलसम्म लाग्ने सबै खर्च अनुदान कै रुपमा व्यहोरी दिने पनि भएको छ ।
२० देखि ४० वर्ष उमेर समुहका युवालाइ लक्षित गरि आइएनएफ नेपालले युवारुलाइ सीप विकास , फुलफुल खेती ,उच्चमुल्य व्यापार,खुद्रा पसल लगायत व्यवसाय गर्न तालिम तथा अनुदान दिन ३ वर्षे कार्यक्रम मुगु जिल्लाको सोरु गाउपालिका वडा न १-५ बस्तिहरुमा संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here