सर्जन कुमार शाही
मुगु भाद्र ७ गते,
युवा छन खाडिमा नेपालमा रोजगारी छैन
आफ्नै खेतबारिमा खेति किसान गर्नै पर्यो ।
युवा जति विदेश गया,गडा भया बाँजा
म एक्लो हेरालो भया,घर छोडेर काँजा ।
यी माथिका देउडा गित मुगु जिल्ला स्थित सोरुगाउपालिकामा विहिवार अन्तरास्ट्रिय युवा दिवशको अवशरमा आयोजित मैत्रीपुर्ण देउडा प्रतियोगितामा सहभागी देउडा समुहहरुले गाएका हुन् ।
मैत्रीपुर्ण देउडा खेलमा सहभागिहरुले देशमा युवाहरुले रोजगार नपाएको,रिण गरेर बिदेश जानू परेको,विदेशमा अनेकौ दुख्ख पाएको,घरमा साहुको व्याज बढदै गएको,बालबच्चाले वावुको अनुहार देख्न नपाएको देखि नेपालमा श्रीमान नहुदा छरछिमेक देखि समुदस्यले हेप्ने गरेको सम्म पीडा पोखेका थिए ।
देउडा खेलमा सहभागिहरु भिइ महिला टिमले गाउँ घरमा युवा नहुदा कोहि विरामी हुदा र मृत्यु हुदा सहयोग गर्ने कोहि नभएको पीडा पिखेका थिए भने भिइ महिला टिमले चुनाव आउदा नेताहरुले युवालाइ देशमा रोजगार दिने र विदेश जानू नपर्ने भाषण गरेर जनतालाइ ठगेको देउडा गित मार्फत बताएका थिए ।
पुरुषहरुको बजार टिमले युवा विदेश जाँदा खेतिपाती गर्ने मान्छे नहुदा घरमा बुढा आमाबाबा भोक भोकै बस्नु पर्ने अवस्था आएको देउडा माफत भनिरहदा पुरुष कै जिमा टिमले युवा जति विदेश गए नेताहरु कस्का लागि सरकार चलाउछौ,चुनाव लड्छौ त्यसैले युवालाइ विदेश जानबाट रोक्न गाउघर मै रोजगार हुने काम देउ,योग्यता अनुसारको काम र नोकरी देउ भनेर गित गाई रहेका थिए भने सोरुकोट युवा टिमका सहभागिहरुले मेयर बालेन शाह,गोपाल हमालको आवश्यकता परेको कुरा बताएका थिए । अब नेपालको नेतृत्व यस्तै युवाले लिनु पर्छ बल्ल देशमा सुशासन,पार्दर्शिता र भष्टचार नियन्त्रण भै विकास हुन्छ र हामी युवाहरुले काम पाउछौ विदेशिनु पर्दैन भन्दै चेतनामुलक गित गाएका थिए ।
सिडिएस पार्क नामक गैर सरकारि सस्थाले आयोजना गरेको मैत्रीपुर्ण देउडा खेलमा १२ वटा टिमले सहभागिता जनाएका थिए । सहभागी टिमहरुले युवाको आवश्यकता,युवा विदेशिका पीडा र देश मै रोजगारीका लागि सरकारलाइ व्याङ्य दिने खालका देउडा गित गाएर देउडा खेल खेलेका थिए ।
सिडियस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहिले भन्नुभयो हाम्रो कर्णालीमा अरु माध्यम भन्दा जनचेतना जगाउदा वा अन्य शन्देसमुलक कार्यक्रम गर्दा देउडा मार्फत गरेका कार्यक्रम जनताहरुले छिटो भएका कारण त्यसैले आफुहरुले युवाहरु लक्षित मैत्रीपुर्ण देउडा खेलको आयोजना गरेका हौ ।





