सर्जन कुमार शाही
मुगु भाद्र ७ गते,
दुर्गम हिमाली जिल्ला मुगुमा कृयाशिल ५ जना पत्रकारहरुलाई एक गैर सरकारी सस्थाले सम्मानित गरेको छ ।
लामो समय जिल्लामा रहेर युवा,बाल बालिका,महिलाका अधिकार तथा कु सस्कार र कुरिती विरुद्ध कलम चलाइ नागरिक अधिकारी सुनुश्चित गर्न र कार्यान्वयन गर्न सरोकार निकायलाई दवाव दिन सहयोग गरेको भन्दै सिडिएस पार्क नामक गैर सरकारी संस्थाले ५ जना पत्रकारहरुलाइ सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारहरु २० वर्ष देखी राष्ट्रिय समाचार समितीको मुगु जिल्ला समाचारदातामा कृयाशिल नृपेन्द्र बहादुर मल्ल,१७ वर्ष देखि अन्नपुर्ण पोष्टमा कृयाशिल जीवन सेजुवाल,हिमालय टेलिभिजनमा कृयाशिल नन्द बहादुर रोकाया,नागरिकपत्रीका अनलाइनका सर्जन कुमार शाही र सुनौलो नेपाल अनलाइनका सनत कुमार हमाल रहेका छन् ।
सम्मानित हुने पाँचै जना पत्रकारहरुलाइ सम्मान पत्र सहित नगद रु १० हजार सोरु गाउपालिका उपाध्यक्ष केशरजङ्ग शाही ,प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाही,सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाही र इलाका प्रशासन कार्यालाय सोरुका प्रमुख भिमराज सेजुवालले हस्तान्तरण गर्नु भएको थियो ।
गत महिना सिडिएस पार्कले मुगु जिल्लामा कृयाशिल पत्रकारहरुलाइ सम्मान तथा पुरस्कारका लागि आवेदन दिन निश्चित सर्त सहित सुचना प्रकाशित गरेको थियो । सुचना अनुसार पर्न आएका आवेदनहरु मध्य महिला प्रजनन स्वास्थ्य अधिकार,युवा,बालबालिका र कु सस्कार कुरिती अन्त्य बारे लेखिएका समाचारलाइ आधार मान्दै ५ जना पत्रकारहरु छनौटमा परेको र सोही अनुसार सम्मानित गरेको निर्देशक शाहिले बताउनु भयो ।
दुर्गम जिल्ला विभिन्न कठिनाइ र बाधा व्यवधानका लामो समय देखि जिल्लामा सामाजिक,आर्थिक,राजनैतिक,विकास,स्वास्थ्य,शिक्षा,परोपकार,घटना,दुर्घटना तथा महिला,बालबालिका र पिछडिएका वर्गजातीका विषयमा कलम चलाउदै आएका पत्रकारहरुलाइ सम्मान तथा पुरस्कार दिन पाउँदा आफुलाइ खुशी लागेको र अझै बाहिर आउन नसकेका समाचार खोज पत्रकारिता मार्फत बाहिर ल्याइ जनतालाइ सु सुचित गराउन प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहिले सम्मानित हुने पत्रकारहरुलाइ सुझाव दिनु भयो ।
लामो समय देखि उहाहरुले राष्ट्रिय मिडियाहरु मुगुका बारे लेखेका विभिन्न विषयगत क्षेत्रका समाचारहरु पढदै,हेर्दै र सुन्दै आएकोमा उहाहरुलाइ नै आफ्नै सस्थाबाट सम्मान गर्न पाउँदा आफुलाइ गौरव महसुश भएको सिडिएस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहिले सुनाउनु भयो ।
सस्थाले गरेको सम्मान र पुरस्कारले आफुहरुलाइ दुर्गममा बसेर पत्रकारिता गर्न अझै जोस,जागर र हौसला थपेको सम्मानित हुने पत्रकारहरुले बताउनु भयो ।
२५ औ अन्तराष्ट्रिय युवा दिवश सप्ताह व्यापी कार्यक्रम अन्तरगत विहिवार मुगु जिल्लाको सोरुकोट गाउपालिकामा आयोजित कार्यक्रममा कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क) मुगुले पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।





