सर्जन कुमार शाही
मुगु भाद्र १६ गते,
हिमाली जिल्ला मुगुमा पहिलो चोटि व्यवसायिक रुपमा फुजी स्याउको उत्पादन गर्न थालिए छ व्यावसायिक अत्यन्तै खुशी देखिन्छन् ।
जिल्लामा परम्परागत स्याउ उत्पादन र विक्री गरिदै आएपनी नयाँ स्याउको बिरुवा वितरण २ वर्ष पछि स्याउका विरुवाले उत्पादन दिन थालेकाले जिल्ला मै पहिलो चोटि फुजी स्याउ व्यवसायिक रुपमा कृषकहरुले उत्पादन तथा विक्री वितरण गर्न थालिएका हुन ।
१ वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा व्यवसाहिक रुपमा फुजी गाभा स्याउ उत्पादन गर्न छायानाथ रारा नगरपालिका वडा न ५ र ४ का कृषकहरुलाइ फुजी स्याउका बिरुवा वितरण गरेको थियो ।
छोटो समयमा गुणस्तरको स्याउका दाना उत्पादन हुने फुजी गाभा स्याउको लागि मुगुको हावापानी उपयुक्त भएकाले स्याउको खेतिको लागि चाहिने उपलब्ध जग्गा र ठाउँ हेरि बिरुवा सहित अन्य आवश्यकिय पुर्वाधार,औजार, प्राविधिक सहयोग गरि व्यवसाहिक कृषक छनौट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताउनु भयो ।
उहाँका अनुसार बिरुवा लगाएको १ वर्षपछी देखि स्याउका विरुवाले स्याउ उत्पादन दिन थालेपनी दुई वर्ष देखि दिन थालेको स्याउ भने गुणस्तरको हुन्छ । थोरै ठाउँ ओघटने यो स्याउको एउटै बोटमा धेरै स्याउ उत्पादन हुने हुनाले व्यवसायिक रुपमा लागेका स्याउ कृषकहरुका लागि फुजी गाभा स्याउ उपयुक्त जात मानिन्छ ।
परम्परागत जातको स्याउका बिरुवा प्रती हेन्टरमा ३०० बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रती हेन्टर जमिनमा ३ हजार बिरुवा लगाउन मिल्छ ।
यो प्रविधिबाट लगाएको फुजी स्याउको विरुवाले एक वर्ष मै फल दिने भएपनी पहिलो चोटिको स्याउ कम गुणस्तर हुने र बिरुवा कमजोर परिपक्क नभएको हुनाले पहिलो वर्ष फलेका सबै स्याउका दाना फाल्नुपर्छ तर दोर्सो वर्षबाट भने गुणस्तरको स्याउन दिने भएकाले सोही वर्षबाट व्यवसाहिक रुपमा विक्री वितरण गर्न मिल्छ ।
आथिक वर्ष २०७९/२०८० मा मुगुमा व्यवसाहिक फुजी स्याउ उत्पादन गर्न पहिलो चोटि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले ८०० बिरुवा उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रम अन्तरगत २ वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदान छुटमा दिएको थियो । अनुदान छुटमा व्यवसायिक फुजी स्याउको खेती गर्न छायानाथ रारा न पा वडा न ४ अन्त्रगत मुसेचाैर कृषि पशु पंन्छी फर्मलाई ५०० बिरुवा र वडा ५ सक्षम कृषि पशु पंन्छी फमलाई ३०० बिरुवा दिएको थियो । यो वर्ष देखि ती बिरुवाले प्रति बाेटमा ५ देखि ८ केजी स्याउ दिन थालेका छन ।
अन्य स्याउ भन्दा फुजी स्याउमा माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि,पशु,पन्छी फर्मका सन्चालक मन बहादुर भाम बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ फुजि स्याउको विरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यवसायिक स्याउ खेतिमा लागेका कृषकहरुका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।
अर्का व्यवसायी जस बहादुर बुढा बाबू बाजेले गर्दै आएको स्याउको भन्दा यो जातको स्याउ लगाएपछी २ वर्षमा राम्रो आम्दानी पाएको भन्दै खुशी भए भन्नुहुन्छ जति मेहनत र राम्रो गर्यो उति गुणस्तर र राम्रो स्याउ उत्पादन हुदो रैछ फेरि थैरै जमिनमा पनि धेरै बिरुवा लगाएर फलाउन मिल्ने,हामी जस्ता कम जमिन भएका गरिवका लागि त झन उपयुक्त छ ।
फुजी स्याउले राम्रो बजार पाएपछी कृषकहरु यो स्याउको व्यवसायिक उत्पादन तर्फ आक्रषित भएकाले परियोजना कार्यान्वयन इकाइले आव २०८०/०८१ मा ९०० बिरुवा वितरण गरेको र चालू आवमा ३ हजार फुजी स्याउका बिरुवा व्यवसायिक कृषक फर्महरुलाइ ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको इकाइ प्रमुख तेज विक्रम मल्लले जानकारी दिनु भयो ।
परम्परागत जातको स्याउको बोटले बढिमा १० वर्षसम्म फल दिन्छ तर फुजी स्याउको बोलले कम्तिमा १५ वर्ष र राम्रो सुरक्षा,गोडमेल र मलजल पाएमा २० वर्षसम्म गुणस्तरको स्याउ उत्पादन दिने गर्दछ ।
मुगुमा पहिलो चोटि व्यवसायिक विक्री गर्न थालिएको फुजी स्याउ विक्रीबाट यो वर्ष मात्र कृषकहरुले ५ लाख भन्दा वढिको आम्दानी गरेका छन ।
यो हिसाब पहिलो चोटिको मुगुमा वितरित ८०० फुजी स्याउका विरुवाले दिन थालेको फलको मात्र हो त्यसपछी वितरित ९०० बिरुवा र यो वर्ष वितरण हुने ३ हजार विरुवाले दिने उत्पादनबाट कृषकहरुले भविष्यमा राम्रो आर्थिक फाइदा पाउने छन ।





