प्रगतिशिल व्यवसायी समूहले आफ्ना उम्मेदवाहरु सार्वजनिक गरेको छ । कार्तिक ३ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वातनकालागि प्रगतिशिल व्यवसायीक समुहले आफ्नो उम्मेदवारी शुक्रबार एक कार्यक्रको आयोजना गरि सार्वजनिक गरेको हो । प्रगतिशिल समाबेशी प्यानलमा नेकपा एमाले र नेकपा माओबादी निकट व्यबसायीहरुको प्यालको रुपमा रहेको छ । प्रगतिशिल व्यवसायिक समूहको तर्फबाट अञ्जना धितालको नेतृत्वमा समुह निर्माण गरि व्यापारीहरुको हकहितका लागि निर्बाचनमा होमिएका हुन ।
कोहलपुर उद्योग बाणिज्य संघको २५ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष पदको उम्मेदवारको रुपमा मैदानमा आउनु भएको हो । व्यापारीहरुको आगामी ३ वर्षे कार्यकालमा कोहलपुर क्षेत्रका ब्यवसायीहरुको हित र उनीहरुका समस्याहरुको पहिचान र समाधानमा केन्दित हुने उम्मेदवारहरुले दावि समेत गरेका छन। हालसम्मको इतिहासमा कोहलपुर उद्योग व्यापार संघको अध्यक्ष पदमा महिला अध्यक्ष पहिलो पटक चुनावी मैदानमा होमिएको यो पहिलो घटना हो । सधै पुरुषहरुको वर्चस्व रहने अध्यक्ष पदमा अहिले पुरुषहरुको वर्चस्व तोडिएको छ । तर निर्वाचमा हार जितको समयचक्र भने अझै बाँकी छ । त्यसैगरी प्रगतिशिल व्यपारी समुहले संघको बरिष्ठ उपाध्यक्ष भुपेन्द्र काफ्ले , उद्योग उपाध्यक्ष अर्जुन सुवेदी ,बस्तुगत उपाध्यक्षमा रुपक भूजेल , महासचिवमा दिपक अर्याल ,उपमहासचिव ,गोपाल अधिकारी ,कोषाध्यक्षमा गंगा बगाले ,सहकोषाध्यक्षमा टंक खनाल ,सदस्य कृष्ण रानाभाट,रवि प्रसाद कर्माचार्य ,मोति प्रसाद सुवेदी ,अस्मिता केसी , परिवर्तन विश्वकर्मा ,राजिव शर्मा ,प्रतिमा खड्का ,अंकित सिग्देल ,एक बहादुर खड्का ,विक्की थापा ,र भवानी कडेल रहेका छन।
उक्त उम्मेदवारी घोषणा कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ का माननिय सांसद सुर्य ढकाल, कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा ,कोहलपुर उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष लक्ष्मण राज पौडेल,नेकपा एमाले नगर कमिटी अध्यक्ष कूल बहादुर भट्टराईले आआफ्नो धारणा राखेका थिए । कोहलपुर उद्योग तथा व्यवसायी महासंघ कोहलपुरका अध्यक्ष ज्ञानेन्द्र खनालको अध्यक्षता मा उक्त उम्मेदवारहरु घोषणा गरिएको थियो
। नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भगवती बराल , नेकपा एमाले बाँके जिल्ला सचि वबलराम भट्टराई , कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र शर्मा लगाएतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here